भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हराएको मेरो मान्छे / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हराएको मेरो मान्छे
तिमी एकदिन जरुर आउँछौ
पिरतीको अर्थ के हो ?
त्यही बेला थाहा पाउँछौ ।

कति भाग्यो चन्द्रमा यो
पृथिवीलाई रुवाएर
तर साँझ आउँछ फेरि
लाखौँ दीप जलाएर
एकान्तमा वेदनाको
माला जब तिमी लाउँछौ
पिरतीको अर्थ के हो ?
त्यही बेला थाहा पाउँछौ

जहाँ जाऊ जता पुग
भेटिने त उही मान्छे
मानिसकै अनुरोगले
बाँधिएको हुन्छ मान्छे
सम्झनाको कुनै मोडमा
जतिखेर तिमी धाउँछौ
पिरतीको अर्थ के हो
त्यहीबेला थाहा पाउँछौ ।