Last modified on 8 मई 2020, at 23:12

हरेक बिहान / सुमन पोखरेल


हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलाई
आफैँ हो कि हैन भनेर।
 
कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एकमात्र संरक्षकलाई
"धन्य ईश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।