Last modified on 3 मई 2020, at 12:30

हाँसीहाँसी टाढा भयौ / गीता त्रिपाठी

तिमी हिँड्यौ पक्की बाटो म त भीरमा
हाँसीहाँसी टाढा भयौ मेरो पीरमा
 
फर्की आउने आश छैन बस्ने बास छैन
जिन्दगीको आभासमा न्यानो सास छैन
पोली गयौ मेरो मुटु उनी झिरमा
हाँसीहाँसी टाढा भयौ मेरो पीरमा
 
पहरामा कुहिनोको कहाँ चल्छ जोड
ओरालीमा लखेट्नेले कहाँ दिन्छ ओढ
पैतालाले किची गयौ राखेँ शिरमा
हाँसीहाँसी टाढा भयौ मेरो पीरमा