Last modified on 2 जून 2017, at 12:24

हाँसेकै छ बेथितिको पहाडमा मान्छे / निमेष निखिल


हाँसेकै छ बेथितिको पहाडमा मान्छे
झुमेकै छ मान्छेसँगै खेलबाडमा मान्छे
 
गतिशील पाइला छन् यात्रा ल73यतिर
हिँडेकै छ तराई, हिमाल, कछाडमा मान्छे
 
सुखदुख जिन्दगीका साथी सम्झिएर
रमेकै छ मेलापात चाडबाडमा मान्छे
 
चैतवैशाख सधैँभरि आउँदैनन् भन्दै
बाँचेकै छ जेठ अनि आषाढमा मान्छे।