भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हामीलाई शान्ति देऊ / कृष्णप्रसाद पराजुली

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:31, 8 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कृष्णप्रसाद पराजुली |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

हिमाललाई काखमा बोक्ने यस धर्तीमा म त मनको भाषा बोल्ने मानिस हुँ अरू के भनूँ खै मनकै भाषामा भन्छु- देशलाई उठाउँछु भन्ने ए कर्णधारहरू हो ! तिमी बाहिर आन्दोलित हौला हाम्रो त मन नै आन्दोलित छ म करजोडी बिन्ती भन्छु- मानिसले पाउने न्यूनतम संयोग, सुख र सन्तोष देऊ जिउनुको र्सार्थकता सिद्ध हुने अलिकति शीतल पानी देऊ अब हामीलाई शान्ति देऊ !

म कसरी हेरूँ पाँचथरे छोराको विरह म कसरी लेखूँ रोल्पेली-डोल्पेली बहिनीको बह बागमती आमा नै पनि गनाइसकेकी छन् फोहरका डङ्गुरमा उनको झोलिएको स्तनलाई खानेकुरा ठानी लुछ्न बेर छैन- पशुपतिका बाँदरहरूले कसरी चित्त बुझाऊँ उन्मुक्तिको गायन देऊ पुर्खाको थलो थाम्ने पायन देऊ अब हामीलाई शान्ति देऊ !

सम्पत्ति पत्ती-पत्ती भएर झर्न सक्छ निर्माणका कथा सुनाऊ आपत्ति पनि पर्न सक्छ हटाउने प्रयासमा जीवन्त गीत गुनगुनाऊ अरूलाई पन्छाउन पनि हुँदैन मन्छाउनु पनि हुँदैन मानिसको जति गाढा नाता नै कसको छ र – त्यो नातालाई भँगालोमा होइन अँगालोमा राखिदेऊ नेपालीहरूको भविष्यको रगत जाँचिदेऊ अब हामीलाई शान्तिदेऊ ! </poem>