भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

हुने भएको छ ! / श्यामदास वैष्णव

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:30, 28 फ़रवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्यामदास वैष्णव |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जसले जे गरे पनि अहिले
'हुने' भएको छ ।

'गाई'लाई 'गदाह'
र, 'गदाह'लाई 'पदाह' माने पनि
फरक नपर्ने भएको छ ।

रातलाई 'दिन' र
दिनलाई 'अलच्छिन'
ठाने पनि मिल्ने भएको छ ।

मूल्यांकनको दृष्टिकोणै
'अदल'-'बदल' भइरहेका बेला
नेतालाई बिक्रेता र
बिक्रेतालाई 'प्रयोक्ता'
ठाने पनि हुने भएको छ ।

पहिलेको धारणा भत्काई
परिवर्तनले -
'नयाँ व्यवस्था' बसाल्न खोजेको छ ।

यस उद्देश्यपूर्तिका लागि
'लुट्नेलाई'-'छुट्ने' र
नजुट्नेलाई 'पिट्ने'
गरे पनि सुहाउने भएको छ ।

'क्रान्ति' भन्नु परिवर्तन न हो !
'शान्तिलाई' भ्रान्ति र 'भ्रान्तिलाई' 'संक्रान्ति'
माने पनि कोही नबोल्ने भएको छ ।