Last modified on 6 मार्च 2017, at 16:04

हूँ यात्री / भैरवनाथ रिमाल कदम

हूँ यात्री एउटा रुमल्ली हिंड्ने अँधेरी रातमा
हूँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा

जिन्दगी बित्यो साहरा सधैं आँसु पो लिएर
उजाड रह्यो जीवन त्यसै सधैं दुखमा हिंडेर
म सामू कहिले किन हो किन मधुमास आएन

इच्छाको सागर पौडेर रहें सपनाको संसार
आज या भोलि छ पुग्नुपर्ने बाटो छ हजार
हरेक पल बिहानी हेर्थें तर बसन्त आएन