Last modified on 5 मार्च 2017, at 16:30

हेर्नुस् न ! / ज्ञानुवाकर पौडेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:30, 5 मार्च 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्ञानुवाकर पौडेल |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जिन्दगी छैन अचेल जिन्दगी जस्तो हेर्नुस् न !
मान्छे भो आज यहाँ कति सस्तो हेर्नुस् न !!

हत्या र ध्वंशका यी क्रुर शृंखलाहरू किन ?
सुनेर पनि सब गर्छन् नसुने जस्तो हेर्नुस् न !!

कुरा चपाउछन् कोही यहाँ हाम्रो खुट्टा तान्छन्,
दुनियाँमा हुन्छ के अन्त पनि यस्तो हेर्नुस् न ?

बाँचियो जिन्दगी यो ख़ुब मजाले भोगियो पनि,
जिउनुको स्वाद छ तर कति निस्तो हेर्नुस् न !!

पुरानो चोट बल्झेर आयो फेरि आज दुखेर आयो
कहिल्यै बिसेक नहुने घाऊ यो कस्तो हेर्नुस् न !!

कटुवाल बिते, भूपि बिते, बितिन् पारिजात पनि,
मलाई’नि हिजोआज सन्चो छैन उस्तो हेर्नुस् न !!