Last modified on 6 जुलाई 2020, at 11:07

हिंड्दाहिंड्दै जिन्दगी नै थाके जस्तो लाग्यो । / रवि प्राञ्जल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:07, 6 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रवि प्राञ्जल |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हिंड्दाहिंड्दै जिन्दगी नै थाके जस्तो लाग्यो ।
बाटोभरि तुवाँलोले ढाके जस्तो लाग्यो ।

जिन्दगीको यात्रा मेरो अझै बाँकी थियो,
बीचै बाट कोही आई डाके जस्तो लाग्यो ।

सम्झनाको बतासले आँसु झारी दिंदा,
कोही आई मनमा सियो राखे जस्तो लाग्यो ।

मनको बह पोख्ने कुनै ठाउँ नपाएर,
हृदयको घाउ अब पाके जस्तो लाग्यो ।

कसले छेकी दियो आज मेरो घामलाई ?
अँध्यारोमै ‘रवि’लाई जाके जस्तो लाग्यो ।