भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो दिन / भवानी भिक्षु

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:21, 13 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भवानी भिक्षु |अनुवादक= |संग्रह=हि...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

ब्याहान भयो
झ्याल खोल्दछु : हुस्सु लागेको छ
काठमाडौंको सडकमा, धुवाँझैँ
तर गरम छैन, न उसमा ढिंडो-पाकको श्रम-पोषक गन्ध नै छ
ज्यापूको पसिनाको गन्ध पनि छैन
हुस्सु, मात्र हुस्सु -
चीसो, आर्द्र, ठिहिर्‍याउने औंलाका प्रत्येक गाँठो
व्याप्त उदासीनता, निष्क्रियता, जडताको संसार !
जसभित्रबाट मानों शताब्दीयौंदेखि
मानवको- अब होला, अब आउला बाँच्नुको सुनौलापन
आशाझै- दिवसको उज्ज्वलताले पर्खिरहेको छ ।
फिँजिइन लाग्दछ किरण
झुप्रो, पाटी, घर बंगला, अटाली र महल
आलोकित हुन्छन् आफ्ना विशेषणयुक्त क्रमशः
खुम्चेको पर्खेको, दुइनाले, राम्रो, ठूलो र विशाल, आलीशान
किरण सुनौला छन्
सौन्दर्य, आशा, सुख र वैभवको आशीषझैँ
तर, विधान व्यवस्थाका दान
साराले भाग्य पाएका छन् -
झुप्रो, पाटी, घर, बंगला, अटाली र महल ।
हुस्सुभित्रबाट किरण आउन लागेको छ
पछिल्तिर 'आज' छ ।
तर हेरूँ, संसारैमा फैलिन लागेको
यो दिन कसको हो, कसको हो ?

...................................
इन्द्रेनी, १|२, बैशाख २०१३