भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अविस्मरणीय समयको एक टुक्रा / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:14, 5 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


फेरि एउटा उघ्रिसकेको
स्वलाचित ढोका बन्द भयो
ढोका भित्रका कलाकृति
बुझने,
हेर्ने,
जान्ने
सारा अवसर
संगसंगै विलाए ।

म नमरेको लास
जवरजस्ती वाकसमा राखिए
माटो वाकसमाथि र्छकदै
कैयौ हातहरु
काला पोशाकमा
“जिउदो लाश” बाट अनभिज्ञ
निर्दोष अनुहारहरु
दुखी थिए
शोकमग्न थिए ।

वाकसभित्र छटपटाइरहें म
वाधिएका मेरा हात
थाकिसकेका थिए वल गरेर
म भित्रको वाँच्ने झिनो आश
मर्दै गरेको अनुभव
म गरिरहेको
कसरी पो भूल्न सक्छु ।

मृत्यु निकट
त्यो अविस्मरणिय समयको एक टुक्रा
जहां, म हजारौं
टुक्रामा बिभाजित
कुडकाकुडकामा काटिएको थिए
आफ्नै अस्तीत्व आफ्नै मनले
नपत्याएको त्यो समय
आरम्भ रहेछ विहानीको
ब्रह्रम मुहर्तको सुगन्ध सुवासित गर्दै
मेरी आमा आएकी रहिछन् मलाई व्यूझाउन ।

अवाक ! स्तब्ध !
प्रस्तुति विहीनझैं
एक्कासी ऑखा खोल्दा
मेरी आमा मेरो सामु मुस्कुराइरहेकी
जननीको केशको पवित्र जल
महशुश गरे
शितल आभाष
जीवनको प्यास सबै बुझयो
सांचै तृप्त भए ।
संतृप्त भए ।