भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आँखाको धूलो पखालिहाल्यौ हे भाइ! बहिनी! / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा
Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 16:35, 12 जनवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पन्ना बनाया)
आँखाको धूलो पखालिहाल्यौ हे भाइ! बहिनी!
संसार हाम्ले बुझ्नु नै पर्छ काँतर नबनी।
संसारलाई मुखमा हेरी कम्मर कसेर,
आकाशतिर पखेटा चालौँ पृथिवी बसेर,
खानु र पिउनु जीवन भए, जिउनु हरे! के?
पछिको आशा नभए कठै! मानिस हरे! के?
पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर,
तल नै हेरी तल नै हेरी बिलौना नगर।
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद,
कर्ममै पुज ईश्वर भन्छ यो ‘लक्ष्मीप्रसाद।