भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आउँदो खाडी / भीमदर्शन रोका

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:47, 23 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= भीमदर्शन रोका |अनुवादक= |संग्रह=घ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु
ठूलो यौटा खाडी देखी तर्सन्छु
कसरी हामफाली मैले पार गरेँहुँला
विश्वास हुँदैन, आश्चर्यले म उफ्रन्छु ।

हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु्!

तर त्यो आइरहेको लामो ताँती
मानिसको सानु रुप भाँति भाँति
कसरी पार गर्लान्योयत्रो ठूलो खाडी
झस्याङ हुन्छु, मुटु हान्दछ अनि तर्सन्छु ।

हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु !

लाग्दछ फेरि कसरी जाऊँ अघिल्तिर
कसरी परुँ खाल्डो यो ठूलो पीर
बढ्दिन म अघिल्तिर केही नगरी
यही मेरो उद्देश्य, पछिल्तिर नै फर्कन्छु ।

हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु!