भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आदिम युग / कृष्ण पाख्रिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:32, 4 अगस्त 2019 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कृष्ण पाख्रिन |अनुवादक= |संग्रह=श...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मुगलान गएपछि
वा लाहुरे भएपछि
हामी जस्तै
देशभक्तहरुको विरुद्धमा
चौकिदारी
र गस्ती
वा एक्लै पारी सास्ती
दिनु पर्छ/गर्नु पर्छ
कुनै दुःस्वप्नले हामीलाई
लखेटिरहेछ यसरी ?
कि हामी
शत्रुको जाल
र साथीको ख्याल पनि गर्दैनौ ।

एउटा भू.पू. सैनिक
सर्भिसको एकमात्र चिनो बन्दुकलाई
सफा गर्दै
र, बैशका दिनहरुलाई सम्झदैं
सँधै–सँधै यसो भन्छ—
दुई थरीको यो देशमा
उहिले एक थरीले
अरु देशमा हामीलाई
खेदी–खेदी पठायो ।
र, खान नपाई मान्छेलाई
फेरि देश बेचेर खायो ।
देख्न नसकी अर्को थरीले मान्छे खेद्ने मान्छेलाई
ब्वाँसो भनेर
वा शैतान मानेर
ठाउँ ठाउँमा लेख्ने छ, देशलाई चिन्हाउने छ
र देश बेच्नेको गर्धनलाई समात्ने छ
र खुकुरीले छिनाउने छ ।

एक दिन यही देशमा
रोगको, शोकको, भोकको
यी सबै थोकको
उल्टो इतिहासलाई
परीको कथा ठानेर
हाम्रो सन्तानले
धमिराले खाएको पुस्तकभित्र
रोजी–रोजी पढ्ने छन्
आदिम युगको मानवको
भित्तो चित्र सम्झेर
संग्रहालयको भित्ता भित्तामा
खोजी–खोजी हेर्नेछन् ।