भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उज्यालोको गुफा / ईश्वरवल्लभ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:06, 2 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

प्रश्न पुरानो
प्रश्न हिंड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।

यद्यपि यात्रा प्रारम्भ भयो !

तर अमीष्ट पुगिन्छ कि पुगिदैन
पुगिंदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको नै हो।

आदिम अर्थ
भयभीत हुनुको अर्थ। सधैं।

अनि रुख र्सपको कथा
शैतान र छलको कथा
भ्रान्ति खाने कि नखाने भन्ने
वर्जित फलको कथा।

अज्ञात र अपरिचित कुनै
कुनै अनिर्वचनीय गन्तव्य हो त्यो
निर्लक्ष्य हुँदा पनि पुग्नै पर्ने
सतत वाध्यता !

गुफामा कि कुनै अँध्यारोमा
प्रत्येक बिजुलीको गगनमा उठभव
र चकमन्न उज्यालोको तीव्र आभास
तिनको क्रुर प्रहारमा
त्यसपछि प्रवेश गर्ने - उज्यालो
सानो - सानो उज्यालो
उज्यालो गुफा।