भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक युग भयो / भीमदर्शन रोका

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:52, 23 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


एक युग भयो, छाडेर घर
म यात्री गर्न एक्लै सफर
हिँडिरहेछु, साथी ! म हिँडिरहेछु
आरम्भ छाडी अन्तदेखि बेखर !

एक युग भयो...

सधैँ बिहान हिँड्न थाल्दछु म
सधैँ साँझ, ताराहरु बाल्दछु म
सधैँ दिनको एकै अन्त देख्दा
किन हो किन लाग्दछ डर ?

एक युग भयो...

जहाँ जहाँ वास बस्दै जान्छु
ती सबलाई घर आफ्नै ठान्दै जान्छु
फर्कूँ यदि भोलि यही बाटो
गाह्रो पर्ला चिन्न मलाई मेरै घर !

एक गुग भयो...