भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एकथोक / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:50, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


त्यसो त धेरै चीजहरू छन् पृथ्वीमा
यो घुमिरहने पर्यटकजस्तो सूर्य– मृदु मुस्कानजस्तो उसको बिहान

यी बूढा पर्वतहरू र तिनीहरूको शालीन गम्भीरता
यी तरुनी खोलाहरू र तिनीहरूको मादक चञ्चलता
उकाली र चौतारीहरू
सफा रुमालजस्तो बिहानको नीलो आकाश
र साँझमा बुट्टाजस्ता ताराहरू

हो, धेरै चीजहरू छन् पृथ्वीमा
यी स्वतन्त्र पंक्षीहरू र पात फर्फराइरहेका वृक्ष
प्रेमपूर्वक बजाइएका भायोलिनका धुन र मिठा सम्झनाहरू

प्रिय अतीत र उज्यालो भविष्य
अनन्त फैलिएका बाटाहरू र सुखद यात्राहरु छन् पृथ्वीमा
र छन्– ठूला ठूला पुस्तकालय र पुरातात्विक दरबारहरू

तथापि धेरै चीजहरू छन्
र पनि एकथोक
तिमी छैनौभने – केही पनि छैन पृथ्वीमा !