भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कहिले जिन्दगी आफ्नै बशमा / राजेश्वर रेग्मी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:26, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेश्वर रेग्मी |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


कहिले जिन्दगी आफ्नै बशमा पार्नुपर्छ भने
कहिले बाँच्न अरुलाई गुहार्नुपर्छ भने

किन अन्यौलमा छु, किन द्विविधाग्रस्त छु
केही पाउन आँखाबाट आँसु झार्नु पर्छ भने

खुशीहरु सबै तिमी खर्च गर्ने कुरा गर्छौ
अलिकति मेरा लागि पनि उबार्नु पर्छ भने

जिउनुको अर्थ तिमीले सोधेका कुन्नि किन ?
मनमा उब्जिएको निराशा मार्नुपर्छ भने

पाएर सित्तै धेरै थोक मात्तिएकाहरु सुन !
मिठास चाख्न जीवनमा केही हार्नुपर्छ भने