भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कहिलेकाहीं म हाँस्छु / नीर शाह

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:37, 31 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नीर शाह |अनुवादक= |संग्रह= }} {{KKCatGeet}} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कहिलेकाहीं म हाँस्छु धेरै बेर हाँस्छु
जो हाँसिरहेछन् केवल उनीहरु माझ हाँस्छु

न त कहिले कसैले सोधे न त मैले कसैलाई सुनाएँ
आफ्नो जीवनका पीडाहरुलाई
कहिलेकाहीं रिसाउँछु आगो भई रिसाउँछु
जो अत्याचार गरिरहेछन् केवल उनीहरुसित रिसाउँछु

सधैं अपुरो भइरह्यो सधैं अधुरो रहिरह्यो
आफ्नो जीवनका लक्ष्यहरु सारा
कहिलेकाहीं पिउँछु तर धेरै पिउँछु
जो होस हराउन खोज्छन् केवल उनीहरुसित पिउँछु

शब्द - नीर शाह
स्वर - नारायण गोपाल