भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

किशोरीहरू / सरुभक्त

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:37, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सरुभक्त |अनुवादक= |संग्रह= }} {{KKCatKavita}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

किशोरीहरू
कसैले कसैलाई पठाएको
सप्रेमपत्र
टाउको जोडेर पढ्दै छन्,
खासखुस–खासखुस गर्दै छन्
खुसुखुसु–खुसुखुसु हाँस्दैछन्
नखरा पारी
कुहिनाहरूले घोच्दै छन्
कोही ‘नकरा मोरी’ भन्दै छन्
कोही ‘उत्ताउली मोरी’ भन्दै छन्,
प्रेमपत्र पढी सिध्याएपछि
‘कस्तो बाई’ भनी
कसैसित रिसाउँदै छन्,

र त्यही नक्कली रिसमा
प्रेमपत्र कच्याककुचुक पार्दै छन्
अनि त्यसले हानाहान गर्दै
एकअर्कादेखि भाग्दै छन्,
एक सुरक्षित कुनामा पुगी
प्रेमपत्र फेरि फुकाउँदैछन्…
किशोरीहरू
कसैले कसैलाई पठाएको
गोप्य जीवन–मृत्युपत्र
टाउको जोडेर पढ्दै छन्
कसैको मोलमोलाइ गर्दै छन्।