भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घरको आंधी / मनु मन्जिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:40, 17 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनु मन्जिल |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


उनी रिसाउंदा घरभित्र एउटा आंधी पस्छ
झ्याल-ढोका, थाल र रिकापीहरू
मस्तिष्क चर्कने गरी बज्छन् ।

सारीको सप्को उनको पटुकीभित्र खांदिन्छ
चुल्ठो फुक्छ असरल्ल
तुफान उठ्ताको कालो बादलजस्तो ।

हठात् गति बढ्छ हिंडाइमा उनको
क्रोध उनको अनुहारमा गुरांसको खेती गरेर बस्छ ।

घामका किरणहरू घरका भित्ताहरूमा ओइलाएर र्झछन्
आंखाबाट मोती झारिरहेका कलिला नानीहरू
दोस्रो काखतिर बसाई र्सछन् ।

मेरो छातीमै मुख लुकाएर बसेका नानीहरू बोकेर
कैले त म पनि आमा हुन्छु ।

केहीबेर अंगेनामा चिसो उग्राएर बस्छ
केहीबेर पूजाकोठामा लयहीन घण्टी बज्छ ।

समय एकछिन घरभित्र विप्लव उफारेर मजा लिन्छ
तर एकैछिन हो,
आँधी घर हल्लाएर गइसकेको हुन्छ
हेर्नु, अझै उनको अधरबाट जून खसेको हुंदैन ।