Last modified on 18 सितम्बर 2023, at 19:47

जुन फूल मैले चाहेको थिएँ / भैरवनाथ रिमाल कदम

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:47, 18 सितम्बर 2023 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य भने यो सधैँ मेरो आँखामा लुकेछ

सुख र दुःख सँगाली दिने जीवनमा त्यै थियो
दिनरात अब मदेखि टाढा भएर गै दियो
बिरानो बनी प्रतिपल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुराना कथा सम्भाली तड्पिन्छ

बाँची नै रह्यो केवल चाह मुटुमा चोट पारी
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र?
मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र?