भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तनहुँ !! / उपेन्द्र श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:08, 18 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=उपेन्द्र श्रेष्ठ |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

हाम्रो गाँस
र हाम्रो वासको लागि
हामीले किन नगर्ने सङ्घर्ष ?
हाम्रो हक
र हाम्रो हितको लागि
हामीले किन नगर्ने विद्रोह ?
मात्र जीवनमा
सपना मात्र जन्माएर
हामी कति हिँडिरहने ?
मात्र अनुदानको भरमा
हामी कति बरबराइरहने ?
यो स्वतन्त्रताको भ्रममा
हामी कति भौैँतारिरहने ?
यी खोक्रा नारा र भाषणहरूको भरमा मात्र
हामी कति चिच्याइरहने ?
हाम्रो लागि
खोइ ! एउटा गाँस ?
खोइ ! एउटा बास ?
खोइ ! एउटा स्वतन्त्रता ?
हाम्रो लागि
निरर्थक छ यो खोक्रा नारा र भाषणहरू
निरर्थक छ यो लाखे संस्कृतिहरू
ए तनहुँ !
यी खोक्रो नाराहरूमा खोई हाम्रो जीवन ?
यी खोक्रा भाषणहरूमा खोइ हाम्रो भविष्य ?
खोइ हाम्रो क्षितिज ?
हाम्रो अस्तित्व
र हाम्रो पहिचानको लागि
हामीले किन नगर्ने विद्रोह ?