भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी आकाशको जून भयौ / शिवशङ्कर थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:05, 6 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= शिवशङ्कर थापा |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिमी आकाशको जून भयौ
म त याँहाको धूलो हुँ
तिमी फुलेको फूल भयौ
म त झरेको पात हुँ
तिमी आकाशको जून भयौ
म त याँहाको धूलो हुँ

काँहा हुन्छ सङ्गम धरती र आकाशको
काँहा हुन्छ मिलन हाँसो र रोदनको

तिमी पूर्णेको जून भयौ
म त औंशीको रात हुँ
तिमी फुलेको फूल भयौ
म त झरेको पात हुँ
तिमी आकाशको जून भयौ
म त यहाँको धूलो हुँ

खसालीदेऊ मलाई आँखाको पाप भनेर
नदेऊ बाटो मलाई मुटुको धडकन् भनेर

तिमी बिहानी किरण भयौ
म त जलेको खाक हुँ
तिमी फुलेको फूल भयौ
म त झरेको पात हुँ
तिमी आकाशको जून भयौ
म त यहाँको धूलो हुँ