भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी याद आयौ / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:27, 29 जून 2019 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यो मन जल्दा पनि तिमी याद आयौ
मुटु नचल्दा पनि तिमी याद आयौ
 
मेरो बेहोशीले कहिल्यै पूर्णता पाएन
संसारै भुल्दा पनि तिमी याद आयौ
 
देखिनँ केश, आँखा, ओठ तिम्राजस्ता कतै
तर केही नमिल्दा पनि तिमी याद आयौ
 
मायाको पर्दाले छेकेथ्यो संसार पहिले
आज पर्दा खुल्दा पनि तिमी याद आयौ
 
तिमी टाढा भयौ, काँडा बिझाएर मनमा
तर फूल फुल्दा पनि तिमी याद आयौ
 
तिमीलाई भुल्न मैले मर्नै पर्योा तर
चिता जल्दा पनि तिमी याद आयौ
 
किन मरिमेट्नुि सुमन, कसले भन्छ र !
तैँले ज्यानै फाल्दा पनि ‘तिमी याद आयौ’