भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो आँखाको सागरमा / यादव खरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:24, 21 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=यादव खरेल |अनुवादक= |संग्रह= }} {{KKCatGeet}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ
यो सपनालाई तिमी किनार समाउन देऊ

कति तृष्णा छन् यहाँ प्यासमा डुबेका
कति नदी तिम्रो गहिराइमा डुबेका
त्यही गहिराइमा कति आँधी चल्छ
हरेक वर्षाइमा तिमीभित्र डर्छ
मेरो मायालाई गहिराइ तर्न देऊ
मेरो ढुकढुकी तिमीभित्र सर्न देऊ

कति नाउ छन यहाँ धारमा बसेका
कति जिन्दगी भुमरीमा पसेका
गन ए आशमा कति दीप बल्छ
हरेक साँझ हरेक दिन सागरभित्र ढल्छ
मेरो दीप एउटा तिमी बल्न देऊ
मेरो नाउ एउटा लहरमा चल्न देऊ

शब्द - यादव खरेल
स्वर - प्रकाश श्रेष्ठ, आसा भोंसले
संगीत - सम्भुजित बासकोटा
चलचित्र - चेलीबेटी