भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो विचारको घेरा / भीमदर्शन रोका

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:40, 23 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= भीमदर्शन रोका |अनुवादक= |संग्रह=घ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


धरतीको फराकिलोपन, तिम्रो विचारको घेरा
उठिरहन्छ, चुपचाप पातलिँदै जान्छ
इशाराभन्दा पनि पातलो,
मीठो बोली–वचनभन्दा पनि हल्का
रेशममा रेशम राखेजस्तो
सधैँ मलाई छोइरहन्छ
आकाशका यी रुपरेखा !

परेवाको बथान खाइरहेको कावा
बिहानीपखको हावा
लहरपछि लहर, आफ्नोपनको
कलिलोपनमा यौवन अडेको
परिपक्वतामा पालुवा पलाएको
तिम्रो जानु र आउनु
यता उता, दश दिशा,
सधैँ मलाई छोइरहन्छ
आकाशका यी कोठैकोठा !