भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

त्यसो त जिन्दगी / राजेश्वर रेग्मी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:27, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेश्वर रेग्मी |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


त्यसो त जिन्दगी ओझेलमा बित्यो
ज–जसको हत्कडी र नेलमा बित्यो

पाए तिनीहरुले सब थोक पाए
हर्–क्षण पप्लुको सामेलमा बित्यो

पसिना बगाउनु प्राप्ति नहुने रहेछ !
साँच्चि ! जीवन साउने भेलमा बित्यो

नदुखाऊ चित्त, बाहाना नझिक रुने
सोचौंला– खेल– खेलमा बित्यो

अरुको मात्र कुरा नगर्नु भन्छन्
आफ्नो त पीडाको रेलमा बित्यो