भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

देश, मधेस र पहाड / मुकुन्द प्रयास

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:16, 13 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मुकुन्द प्रयास |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

भुईँचालो नआई

बाढी पहिरो पनि नआई
अथवा
भुर्इँचालो, बाढी र पहिरो आएर एक्कैचोटी
बगायो भने मेरो देशको पहाडलाई
सँगै बग्नेछ
मेरो छेउको सानो बिरालो
एैंसेलुको झ्याङ
र पहाडसँगै टाँसिएको नीलो आकाश बग्नेछ ।

खोल्सादेखि खोल्सासम्म
खुट्टा फारेर उभिएको इन्द्रेणी
चर्दै गरेका भेडाको बथान बग्नेछ
र झर्नेछ अलिक तल
पहाडा टेकेर मात्तिएको हिमाल ।

आमाको सुकाइराखेको रातो पछ्रयौरी
कपालमा गाँसेको
कपालजस्तै धागोको गुच्छा बग्नेछ
डण्डिबीयो खेल्ने चौर
तिर्खा मेट्ने पँधेरो
र सुसस्ताउने चौतारो बग्नेछ ।

बगिसकेपछि उचाई
अरु के नै रहन्छ र
पहाडसँगै पहाड बग्नेछ
र छोपिनेछ मधेस
छोपिनुभन्दा पहिल्यै
रोईसक्नुपर्नेछ मधेशले
त्यही अपराधबोधले
कहिल्यै उभिन सक्नेछैन पहाड ।

नबगोस् पहाड मधेसतीर
आजै निम्तो भो
उक्लियोस् मधेस पहाडतीर ।