भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धुवाँ – धुलो खडेरी मै फुलेको छ चैत ! / रवि प्राञ्जल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:40, 6 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रवि प्राञ्जल |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

धुवाँ – धुलो खडेरी मै फुलेको छ चैत !
प्रिये तिमी फुल्ने भए म’नि फुल्छु है त ।

शिखरमा पुग्यौ अनि धरातलै बिरस्यौ,
तिमी लड्दा काँध थाप्ने तिम्रा साथी खै त ?

जति बढोस् रुवाउने र रुने बीच दुरी,
हुन्न आखिर जित यहाँ रुवाउने कै त ।

देखाउने दाँत जस्तै भयो ‘नै ति क ता’,
खोजूँ कता ? भेटिँदैन पहिलो अक्षर ‘नै’ त ।

भित्र रम्छ एउटा चरा बाहिर रुन्छ अर्को,
म ‘नि रुन्छु संसार यो सम्झिएर द्वैत ।