भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पदमावती / विष्णु न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:36, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विष्णु न्यौपाने |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

उदयमा उनको अति हर्ष भो
सुजनका मनको भय दूर भो ।
वदनमा पनि कान्ति प्रकाण्डता
दिवसका रवि के अझ दीप्तता ।।
(१)
धवल त्यो तन स्निग्ध कलेवर
सलल बग्दछ प्यार मनोहर ।
अति सुखी जब ज्योतिष भन्दथे
दिन दिनै मतिले सुख चुन्दथे ।।
(२)
छरछिमेक सबै मनमुग्ध छ
तब त त्यो घरमा छ वसन्त छ ।
अजर नाम चुने कृति माण्डवी
तर सधैं भनियो पदमावती ।।
(३)
अधिक शान्ति भरेर स्वभावमा
सुरु भयो तिनको छवि साधना ।
असल जीवनकी सुप्रभावती
 गुण, कला भरिली पदमावती ।।
  (४)
म छु यहाँ अहिले उनकै शिशु
मन प्रफुल्लित बन्छ म पूर्ण छु ।
अनि सधैं ममता उनकै धरी
शिर समर्पित गर्दछु सामु परी ।।
(५)