भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परदेशबाट / रमेश क्षितिज

Kavita Kosh से
Lalit Kumar (चर्चा | योगदान) द्वारा परिवर्तित 20:27, 23 सितम्बर 2016 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

दसैँ सम्झेँ, तिहार सम्झेँ, सम्झेँ अरू चाडहरू
नाघ्नै गाह्रो भयो मलाई अग्लाअग्ला पहाडहरू !

रातिसम्म भए पनि आउँछ कि भन्दाभन्दै
भाग्यो होला खुसी त्यसै सँधै औँला गन्दागन्दै
लायौ होला सबैलाई खानेकुरो भागवण्डा
सानो रै’छ संसार यो आमा तिम्रो मायाभन्दा !

गाउँभरि रङ्गीचङ्गी खेले होलान् देउसी भैलो
यसपालि त फेरूँ भन्थे चौबन्दीको धूलोमैलो
रोपी होली बहिनीले आँगनमा सयपत्री
बिस्र्यो भनी रोर्ई होली मैले सम्झेँ कतिकति !