Last modified on 10 दिसम्बर 2020, at 15:26

पर्ख, नझार पर्दा एकछिन / गुलजार / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:26, 10 दिसम्बर 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

नझार पर्दा एकछिन;
पर्ख, कथा अझै बाँकी छ।
 
पर्ख,
नझार पर्दा एकछिन।
 
अहिले त भर्खर फुटेको छ काँचो माटो,
अहिले त मात्र शरीर ढलेको छ।
केवल पात्र पराजीत भएको छ अहिले त।
 
अब बल्ल सल्किन थाल्नेछन् मनका दु:खहरू,
अब बल्ल धड्किन थाल्नेछन्‌ मनका चोटहरू।
अझै त ज्यूँदैछ संवेदन।
 
जोगाऊ यो ज्वाला,
जो थकित भएर झरेको छ भर्खरै पात्रको हातबाट।
यो आगो जोगाऊ,
अब यहीँबाट शुरू हुनेछ नयाँ यात्रा
फेरि आँधी बनेर।
उठ्नेछ फेरि कुनै पात्र यहीँबाट
यही उज्यालो बोकेर।
 
पक्कै भेटिनेछ गन्तव्य कहीँ न कहीँ।
 
पर्ख,
नझार पर्दा एकछिन।

...................................................................
इस कविता का मूल हिन्दी पढ्ने के लिए यहाँ क्लिक करेँ ।