भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पहिलो प्रेमपत्र / वसन्त चौधरी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:57, 10 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=वसन्त चौधरी |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


के नाम दिऊँ ?
के भनी सम्बोधन गरूँ
तिमीलाई !
असमँजस...
लेखियो, केरियो
केरियो, लेखियो
दोहरिंदै रह्यो क्रम !
प्रेममा,
पहिलो प्रेमपत्र लेख्दा
यस्तै हुँदो हो सायद !
कस्तो सुन्दर पावन नाम
जसै व्यक्तिन्छ,
निमेषमै फेरि
अनर्थक
बेतुक लाग्छ ।
पाना च्यातचुत पार्न तम्सिन्छु
तर कसरी सक्नु-
त्यसमा तिम्रो नाम जुन कोरिएका छन्
पत्रमा अंकित नाम मात्रमा पनि
तिमी देख्नु
त्यसमा छुँदा पनि
मुटु धड़कीनु
बहुलठ्ठी त हो नै
तर त्यसमै
जिउनुको आनन्द मिल्नु
यो निरालापनलाई
के भनु म !
के दिऊँ यस्को नाम
जे होस
यो परम तृप्ति होस
भए पनि
के भो र यो अनाम !