भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पुर्पुरो / लक्ष्मीनन्दन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:32, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


के उद्योगी मरी रहून ?
जरुर
त्यो होइनसक्ने कुरा
देख्तैनस् कति टाट उल्टिन गए ?
द्खीरहेछू पुरा ।
के भन्छस् तब ?
ढङ्ग कम्ति तिनको
वेढङ्ग वैरन्छ को ?
हुन् ती बेकुफ ।
को हुनन् तँ सरिकै,
के चिन्दछस् हू म को ?
बोक्र उद्यमी
के ?
गदाह सरिको
केमा छु कम्ति बता ?
चिन्दैनस् तँ मलाई ?
चिन्दिन के ?
होलास् न यत्तपता
भाग् जा पाजि !
भगाउने तँ कुन होस् ?
हिक्मत् बहादूर हुँ ।
यस्ता हिक्मति लाख छन् ।
किन नहुन ?
तिन्को कुरा के कहुँ ।
बिग्यो क के तिनको र ?
ठक्कर कती खाए कती आत्तिए ।
आखिर् ता सफलै न ती हुन गए ?
कैयौ त्यसै बोक्रिए ।
देखिन्छन् नि बडे महाजन ?
तिनी मेरा कृपापात्र हुन् ।
बाँकी ?
ती नचिन्ही मलाई तँ सरी आपत्ती नै झेल्दछन् ।
फोस्रो धाक लगाउँछस् ।
तब भयो, धाकै सही, आखिर के होला ?
पेलिएर मर्नु सरिको पर्ने छ भारी पिर ।
छिः के हार्छ तँ देखि ?
जित ।
तर पनि सोध् छू म यौटा कुरो ।
लौ सेध् ।
नाम बता मलाई पहिले ।
तेरो म हूँ पुर्पुरो

(‘उद्योग’ बाट)

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)