भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! / कृष्णप्रसाद शर्मा रेग्मी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:58, 30 अगस्त 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


प्रातर् भयेछ कि सखी ! चिडिया कराये
        श्रीसूर्यले अरुणकान्ति पनी फिंजाये ।
ताराहरु गगन-मण्डलमा हराये
        प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१।।

ढोका खुले घरघरै घरघर् गराये
        बाहीर कल्मल सुनिन्छ प्रभाति गाये ।
स्नानादि गर्न भनि लोक उठेर आये
        प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।२।।

निन्द्रा सखी गयिछ भागि विदा नमागी
        प्रीती छ यौटि यहि जालि कि साथ लागी ।
लौ अंजना पनि हिंडीछ सबै हराये
        प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।३।।

सिन्दूर लत्पत छ कज्जल पूछ प्यारी
        अल्सी हटाउ अब केश समाल सारी ।
शोभा-विहीन भई चन्द्र पनी विलाये
        प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।४।।

जागा भयेर गर वन्दन इष्टलाई ।
        छुट्टीन कष्ट छ अनी छ न ता मलाई ।
गर्नुहुँदैन विपरीत दिनेश आये
        प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।५।।

होला पियारि ! कहिल्यै पछि पूर्ण धोका
        आँटी मसक्क उठ सुस्त उघारी ढोका ।
बेर भो छिमेकिहरुले पनि चाल पाये
        प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।६।।

भोली पनी दिन बितीकन रात पर्ला
        आजै अतीचै नगरौं अब-गाल पर्ला ।
माला र फूल लिइ मालिनिहेरु आये
        प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।७।।

प्रीतीबिना रहनु केहि हुंदैन राम्रो
        प्रीती परस्पर चिरायु बनोस हाम्रो ।
बत्ती पनी घरघरै सबका निभायर्
        प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।८।।

देखिन्न शुक्र पनि अस्त भइसकेछ
        तिर्‌मिर् हटीकन प्रकाश भईसकेछ ।
बाहीरिया सडकमा पनि झाडु लाये
        प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।९।।

गर्छन् वरीपरि पनी सब हल्लिखल्ली
        कल्ली लगाउ झटपट् खिंच वाहु-वल्ली
देऊ बिदा अब प्रिये ! सब साथि आये
        प्यारी ! उठौ कि अब ता कुखुरा कराये ! ।।१०।।


(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)