भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रभुको पदमा मन लागिरहोस् / रमेश खकुरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:57, 15 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश खकुरेल |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

प्रभुको पदमा मनलागिरहोस्
उपकारतिरै धन लागिरहोस्
जुन कर्म गरूँ म सुकर्म हओस्
जुन शव्द भनूँ शुभ शव्द बनोस्।

न कसैसित रोष रहोस् मनमा
अभिमान नहोस् बलमा धनमा
करुणा सब जीव जगत् जनमा
अनि संगति होस् बुध सज्जनमा ।

सब जीव चराचर ईश्वर हो
म भनी जुन बोल्दछ ईश्वर हो
अनि के छ र भेद तिमी र ममा
सबमा छ उनै प्रभुकै सुषमा ।

म निमीलितलोचन हेर्न सकूँ
अनि कान थुने पनि सुन्न सिकूँ
मुख बन्द भए पनि गान खुलोस्
प्रभुको महिमा गुणगान चलोस् ।