भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रेमीहरु / भूपिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:02, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भूपिन |अनुवादक= |संग्रह= }} {{KKCatKavita}} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

प्रेमीहरु
सिर्फ सम्मोहीत पुतलीहरु हुन्
जो प्रत्येक रात
आफ्नै सपनाहरुको मलामी जान्छन्
र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी
मृत्युको तयारी गरिरहन्छन्
बारम्बार
आगोको समुन्द्र माथी पौडीरहन्छन्
दु:खाईका चरम आनन्दहरु लिन्छन्
सपनासगै डढ्छन्
र अन्तत :मृत्युवरण गर्छन !

फरक फरक मृत्यु -उत्सव मनाउछन् जीवनभरी
पुतलीहरु र प्रेमीहरु :
पुतलीहरु
अन्जानमा मृत्यु -उत्सव मनाईरहन्छन्
प्रेमीहरु