Last modified on 9 मई 2020, at 16:17

बलिदान उठ्यो / युद्धप्रसाद मिश्र

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:17, 9 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= युद्धप्रसाद मिश्र |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

रक्तक्रान्तिको ज्वालामुखिमा
आज उठेको यो बलिदान
श्री नढलेका युवा युवतीको
हृदय हृदयको स्वाभिमान
आज उठेको...

सानो एक झिल्कोबाट
बढ्दै जान्छौँ लाख जवान
न्याय बचाउन देश उचाल्छौँ
गर्दै जान्छौँ अर्पण प्राण
आज उठेको...

युवा रगतले अतिक्रमणको
तोड्न उठेका छौँ अभिमान
सक्छौँ हामी गर्न महलका
ठाउँलाई घोर मसान
आज उठेको...

क्रूर दमनकन धक्का मार्छौँ
काला कानुन धुस्नो पार्छौँ
देश मुक्तिमा हुने अगाडि
युवा रगतको शान
आज उठेको...

लड्दै जान्छौँ बढ्दै जान्छौँ
वीरगतिमा चढ्दै जान्छौँ
रक्त पिपासुहरूको हामी
गर्न प्रतिज्ञ छौ एक चिहान