भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बेइमानी / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:54, 25 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= रमेश क्षितिज |अनुवादक= |संग्रह=आफ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


भाग्यलाई दोष दिऊँ कि आफैँलाई गाली गरूँ
तिमी पनि उस्तै रै’छौ जस्तो भेटे अरूअरू

देउता भन्छन् आफूलाई सबै ढुङ्गाहरू
कहाँ पोखूँ आफ्नो आस्था कसको भर परूँ
साथीहरू थुप्रै भेटेँ भेटिएनन् साथहरू
तिमी पनि उस्तै रैछौ जस्तो भेटेँ अरूअरू

सबै भन्थे बेग्लै छु म अरूभन्दा फरक बन्छु
सबै मलाई टेकी जान्छन् म त सडक बन्छु
सोचेँ तिम्रो हात समाई जिन्दगीका भेल तरूँ
तिमी पनि उस्तै रैछौ जस्तो भेटेँ अरूअरू