भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म / भूपी शेरचन

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 15:36, 3 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भूपी शेरचन |अनुवादक= |संग्रह= }} {{KKCatNep...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


म एक पुत्र
एक पति
र एक पिता हुँ

एक न्वारान
एक विवाह
र एक चिता हुँ

म एक होटल
एक बोतल
र एक प्याला हुँ

म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ

म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ

म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ

म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ

म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ

म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ
१०
म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ
११
म केवल एक जुत्ता
एक सुरुवाल
एक कमीज
र एक कोट हुँ
१२
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।