भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म कसरी भनूँ यो माया हो / गोपाल योञ्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:31, 4 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज



म कसरी भनूँ यो माया हो, न तिमी मेरी न म तिम्रो
बरू भनिदेऊ यो सपना हो, जो तिम्रो हो अनि मेरो

यति नगिच भएर पनि हामी टाढा नै हुनुपर्छ
एकै नदी भएता पनि हामी दुईटा किनार हुनुपर्छ
म कसरी भनूँ यो मिलन हो, न तिमी मेरी न म तिम्रो

तिम्रो मन मैले जितेर पनि आफैँसित म हार्नुपर्छ
कलिला कोमल प्रीतिको बेला फुल्नुअघि नै मार्नुपर्छ
म कसरी भनूँ यो सङ्गम हो, न तिमी मेरी न म तिम्रो