भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म संग हरियो पहाड छ / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:34, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


म संग वाँच्ने , हाँस्ने कारण छ
जीवन जीउने उत्साह, उमंग, तरङ सवै छ ।
सदा सदा अदृश्य हात उकालोमा तान्छ
                    ओरालोमा थाम्छ
आस्थाको दियो आपसेआप वर्तन पाईरहन्छ ।

म संग जुझ्ने, वुझ्ने संयम छ
उपवन वनाउने हरियो, रातो, पहेलो सबै रंग छ ।

आकाशको फैलावट
सागरको गहिराइ
आँखा चिम्लन्छु आफूछेऊ धर्ती
विचित्र संगम, विश्वास, श्रद्धा
संभावनाको अथाह जोडने हिम्मत दिन्छ
आत्मीय व्रम्हाण्ड चलाउने तारा, उपग्रह, उल्का सवै छ ।

म संग थीर आसन छ, ध्यान छ
मानवीय सुन्दर क्षणको हरियो पहाड छ
कुनै रावण त्यसलाई छिचोलेर मसम्म आइपुग्दैन्
म संग ढकमक्क फुलिरहने कारण छ
जीवन सजाउने हर श्रृंगार छ ।

चिसो पूरिदा म हिमाल
विषमतामा स्थापित धैर्य
दुःख खप्ने अभ्यास
जब जब दुखःको ताप हिऊँ पगाल्छ, सुन्दर नदी वन्छु ।

हर स्वरुप आप्mनै ओज फर्काउँछ
मसंग कहिल्यै नसकिने पूर्खाले दिएको ढिकूटी छ
जहाँ बुद्घ, कृष्ण, शिव-करुणा ,प्रेम, प्रणय सवै छ
म सभ्यतालाई आफ्नो प्राप्ति वाँडिरहन्छु ।