भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले / यादव खरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:30, 21 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=यादव खरेल |अनुवादक= |संग्रह= }} {{KKCatGeet}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले

मेरो जस्तो माया दिने तिमीलाई हजार होला
तिम्रो लागि मेराजस्ता हजार हजार मुटु रोला
जसलाई आफ्नो सम्झेको थें उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले

मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस
मेरो इच्छा मारिजाने तिम्रो इच्छा सधै पुगोस
उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले

शब्द - यादव खरेल
स्वर - फत्तेमान
संगीत - नातीकाजी
एल्बम - यस्तो पनि हुँदो रैछ