भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

राजधानी हानिएका / आर. एम. डङ्गोल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:38, 19 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=आर. एम. डङ्गोल |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

उता पुगिएकै साँझ
घामहरू बिस्तारै ओरालो लागेजस्तो
फिदिमको बजारमा
बास बसेजस्तो लाग्यो
रातो माटोका ढिस्काहरूबाट
रङहरू सर्दै-सर्दै
बजारसम्म पुगेजस्तो
र कोरिन थालेजस्तो लाग्यो
सङ्घीयताको नारा
फिदिम चुपचाप
चैतको हपहपी गर्मीमा
अरुण नदीबाट
अझ माथि उक्लिएर
उत्तानो परेजस्तो
कसैलाई पर्खिरहेजस्तो लाग्यो
चौबीसै घन्टा
फिदिमलाई पहरा दिइरहेको
सुम्हालुङको डाँडाबाट सुनेजस्तो लाग्यो-
उत्तरवर्ती सोंच
सिर्जनशील अराजकता
बहु रङ्गवाद
उता राँकेबजारबाट
कोल्टो पर्दै
ओरालो झरेका
कालापत्रेसडकसँग
सोधुँजस्तो लागेको छ
तिमीले फिदिमको ज्वरो नापेका छौ ?
उताबाट फर्किएको दिन
पाँचथरलाई छाडेर
इलामतिर लागेपछि मात्र सम्झिएँ
लिम्बू मिथक/संस्कृति
किराँती विम्ब-प्रतीकको हतियार बोकेर
एक हूल कविहरू
यतै कवितामा गफ चुटिरहेजस्तो
र, पाँचथर हुनसम्म रिसाइरहेजस्तो लाग्यो
काठमाडौँ फर्किएर
ती कविहरूसँग सोधुँजस्तो लागेको छ
तिम्रा कविताले पाँचथरलाई के दियो ?