भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रूपान्तरण / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:43, 4 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

दूरन्त कहीं, मेरो आँखाबाट ओझेल
अहिले ऊ
फर्किरहेछ, अनिश्चित गन्तव्यतिर ।

उसको वरिपरि निर्लिप्त रात
लक्षित उतिरै भुकिरहेछ सायद
र, म
शुभ-चिन्तनमा आकुल गीत
यतिबेलै उसमा प्रतिध्वनित हुन चाहन्छु ।

टाढा कतै निर्वासित
मेरो दुर्गम सपना
घरिघरि बतासमा
घरिघरि वर्षातमा

फेरि आँसुमा
रूपान्तरण भएर फर्किरहन्छ ।

अलमल्लिइरहन्छु आफैंभित्र एउटा प्रश्नले,
त्यो निर्जन बाटोतिर मोडिएर जाने
कहिले फर्किन्छ होला आफ्नै गन्तव्यमा -

यद्यपि,
स्पष्ट छ ऊ
अर्थभेदक उज्यालो भएर
ऊ बोल्छ,
"बाहिर अन्धकार छ
अन्धकारभित्र म छु
र,
मभित्र तिमी छौ ।"