भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लाभा / कल्पना सिँह-चिटनिस / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:33, 27 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कल्पना सिंह-चिटनिस |अनुवादक=सुमन...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

ती कसरी मौन रहन सक्छन्,
जसले शताब्दियौँ को प्रावाहमा डुवेर
ल्याएका थिए शब्दलाई ?

एउटा आगो पिएका थिए
र उबाएका थिए शब्दलाई अँजुलीमा,

जसको स्वर कसैसँग मागेर ल्याइएको हैन
ती कसरी मौन रहन सक्छन् ?

या दन्किरहेछन् अस्थीहरू तिनका शरीरभित्र
र रगत पनि रातै छ आजसम्म ?

हैन भने यी
किन हिउँजस्तै चिसा र सेता भएका ?

जसले आफ्नो मौनताले
हामीलाई पिरोलिरहेका छन् ,
हेरिरहेछन् तिनीहरू पनि
सडकमा फिँजिँदै गरेको लाभा ।