भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लालीगुराँस / बुद्धवीर लामा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:15, 18 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=बुद्धवीर लामा |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

लालीगुराँस अजम्बरी चाँप चमेली
जे भने नि हुन्छ हजुर म त नेपाली
डाली डालीमा
फुलिरहुँ लाग्छ नि दिलको बारीमा

सुनगाभा हो भीरमा पनि हाँस्न सक्छु नि
नेपाली हुँ पीरमा पनि बाँच्न सक्छु नि
मखमली सयपत्री बेली बाबरी
जे भने नि हुन्छ हजुर म त नेपाली
डाली डालीमा
फुलिरहुँ लाग्छ नि दिलको बारीमा

कमल हुँ म हिलोमा नि फुल्न सक्छु नि
गुलाफ म काँडामा नि फुल्न सक्छु नि
लालुपाते गोदावरी चम्पा केशरी
जे भने नि हुन्छ हजुर म त नेपाली
डाली डालीमा
फुलिरहुँ लाग्छ नि दिलको बारीमा

शब्द - बुद्धवीर लामा
स्वर - कुन्ती मोक्तान
संगीत - शीलाबहादुर मोक्तान
एल्बम - कमेरो