भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सपना र शिव अधिकारीहरू / सरुभक्त

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:19, 16 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सरुभक्त |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यातना घर
इरेजरले मेटिएका अनुहारहरू
स्वयम्भू माफियादेवहरूको अर्चना गर्छन्
यो युग नरभक्षी बाघहरूको युग होइन
नरभक्षी नरहरूको युग हो !
वेवारिसे लासहरू
गाउँ छोड्ने सपनाका लस्कर चलेका छन्
भोकाएका अजिङ्गरहरू
छुचुन्द्राहरूका जुलुसमा सामेल छन्
ए ! यो देशबाट देवताहरू विस्थापित भइसके ?
त्यसो भए मन्दिरहरूको होइन
भ्रष्टाचारहरूको जीर्णोद्धार गरौँ
लोपोन्मुख गिद्धहरू
आमाहरूलाई सोध, प्रत्येक गर्भ घाइते छ !
मृगमरिचिका
देशका लागि सर्वत्र देश विस्फोटित छ
दोर्जेलाक्पा हिमालको कसम
यो देशमा अब खतराहरू मात्र सुरक्षित छन् !
फ्याउराहरूको आत्मकथा
ध्रुवीय भालुहरूको डरयुक्त भर छ
कस्ले कस्को स्थिति सार्वजनिक गर्ने ?
जीवन सधैँ भुइँचालो फर्कने प्रतीक्षामा व्यतीत छ !
अलिनो भान्सा
दरबारमार्गका झडपहरू
एम्बुस जडान जिन्दगीका जिजीविषाहरूसँगै
सपना भुलाई गएका शिव अधिकारीहरू कता लागे ?
बन्दका हल्लाले बन्द देश
सावधान, तोडा चलेको छ
डबलीमा कात्तिक नाचहरू हेर्दै
ऊ लास परेका जुलुसहरू जीवनको अभिनय गर्दैछन् !
आङमा लुगा छैन ?
त्यसो भए निःशुल्क केट्रिमोक्साजोल खाऔं
कठ्याङ्ग्रिने जाडो याम
मनहरूको अकुपन्चर चलेको छ !
अन्धोयुग
के ब्रेल छाम्ने औँलाहरू पनि लोप भई सके ?