भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सहरमा यौटा मानिस / श्रवण मुकारुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:30, 16 मई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


जब म हतारमा हुन्छु
त्यो मानिसलाई
म देख्छु शहरमा
बसस्टप
कफीसप
सिनेमाहल
न्यूरोड
ठमेल
पुतलीसडक
बिहान
दिउँसो
साँझ
झरीमा
घाममा
हुस्सुमा
मानिसहरूका हूलमा
यौटा रूख
हिँडिरहेछ आफ्नै धुनमा/सुरमा/लयमा
को हो त्यो मानिस...?
जब म हतारमा हुन्छु
त्यो मानिसलाई
म देख्छु शहरमा
आज, यो समय?
धेरै जिज्ञासाहरू पाल्न सकिन्छ उसका बारेमा
र्
पर्यटक...?
आप्रवासी...?
गुप्तचर...?
आतङ्ककारी...?
या, सामान्य नागरिक...?
नेता?
पत्रकार?
चोर?
सज्जन?
वा, कवि?
वस्तवमा?
मलाई एकदम् हतार छ
सोध्नु छैन मैले उसलाई- तिमी को हौ?
यदि मैले सोधेँ भने
उसको उत्तरसँगै?
हराउनेछ, यौटा मानिस यो सहरबाट।